भारत सबैभन्दा बढी मतका साथ अन्तर्राष्ट्रिय समुद्री संगठनमा पुनः निर्वाचित

नयाँ दिल्ली— भारत अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) को ३३ औं सम्मेलनमा आफ्नो पक्षमा सबैभन्दा बढी मत ल्याएर २०२४–२०२५को लागि पुनः निर्वाचित भएको छ।

अष्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र संयुक्त अरब इमिरेट्स (युएई) संगै भारत आईएमओमा पुनः निर्वाचित भएको हो ।

निर्वाचित भएपछि बन्दरगाह, जहाज र जलमार्ग तथा आयुषका केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालले यो खबर भारतको सम्पूर्ण समुद्री क्षेत्रका लागि अद्भुत भएको बताएका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारतले विश्वभरबाट ठूलो कूटनीतिक लाभ उठाएको छ।

सर्वोच्च समुद्री निकायमा हाम्रो अन्तर्राष्ट्रिय प्रतिनिधित्व बढाउने हाम्रो प्रयासलाई विश्वभरबाट प्रशस्त र व्यापक समर्थन मिलेको छ ।’सोनोवालले भने।

‘यो खबर पनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विश्वको शीर्ष समुद्री खेलाडीको रूपमा भारतको पुनरुत्थानको प्रमाण हो। म बन्दरगाह, जहाज र जलमार्ग मन्त्रालयको टोलीलाई यो अद्भुत उपलब्धिको लागि बधाई दिन चाहन्छु।

यस अवसरको साथ, मलाई विश्वास छ कि भारतले समुद्री व्यापारमा र विश्वको समुद्री विकासको भविष्यको लागि मार्गलाई आकार दिन आफ्नो भूमिकालाई थप विस्तार गर्नेछ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस