पाकिस्तानको सिन्ध प्रान्तका बाढी पीडितहरू राहतको पर्खाइमा

कराँची— गत वर्षको बाढीबाट प्रभावित पाकिस्तानको सिन्ध प्रान्तका अधिकांश परिवार अझै पनि सरकारबाट राहतको पर्खाइमा रहेका छन् । उनीहरु धेरै घरबारविहीन बस्न बाध्य भएका छन्।

पाकिस्तानको दक्षिणपूर्वी प्रान्त सिन्ध सन् २०२२ को बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो।

उर्दू दैनिक जंगका अनुसार प्रदेशभरका २१ लाख पीडितमध्ये करिब ३ लाखलाई मात्रै रकम दिइएको छ भने चौथो किस्ता भने कुनै पनि पीडितलाई निकासा भएको छैन ।

विवरणका अनुसार सिन्ध प्रान्तमा बाढीका कारण लाखौं मानिसको घर र भौतिक संरचना ध्वस्त भएका छन् ।

विश्व बैंक र संघीय सरकारको सहयोगमा सिन्ध सरकारले २० लाखभन्दा बढी बाढीपीडितका लागि घर बनाउन चार किस्तामा ३ लाख पाकिस्तानी रुपैयाँ उपलब्ध गराउने कार्यक्रम सुरु गरेको थियो तर सरकारको लापरवाहीका कारण सम्बन्धित विभागले उक्त कार्यक्रम असफलताको जस्तै भएको छ ।

जंग पत्रिका अनुसार सिन्ध प्रान्तमा ७५ हजार पाकिस्तानी रुपैयाको पहिलो किस्ता २ लाख पीडितलाई, दोस्रो किस्ता करिब ७० हजार पीडितलाई, तेस्रो किस्ता १५ हजार पीडितलाई मात्र र चौथो किस्ता अझै जारी गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस