४ लाख भन्दा बढी अवैध अफगानिस्तान अफगानिस्तान फर्किएको पाकिस्तान सरकारद्वारा जानकारी

इस्लामाबाद— पाकिस्तानबाट अफगानिस्थानका नागरिक लगायत गैरकानूनी विदेशी नागरिकहरूलाई आफ्नो मातृभूमिमा स्वदेश फिर्ता गर्ने कार्य चलिरहेको छ । आइतवारमात्रै १६३४ गैरकानुनी अफगान नागरिकहरू स्वदेश फर्किएका एआरवाई न्यूजले उल्लेख गरेको छ।

यसरी पाकिस्तानबाट अफगानिस्तान फर्कने आधिकारिक प्रतिवेदन अनुसार स्वदेश फर्किएका व्यक्तिको कुल संख्या ४ लाख ३५ हजार १५२ पुगेको छ ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडको अध्यक्षतामा रहेको राष्ट्रिय कार्ययोजनाको सर्वोच्च समितिले अक्टोबर ३ मा बसेको बैठकमा गैरकानुनी रूपमा बसोबास गर्ने सबै विदेशी नागरिकलाई अक्टोबर ३१ सम्म स्वेच्छाले देश छाड्न वा निर्वासनको सामना गर्नुपर्ने समयसीमा तोकेको थियो।

पाकिस्तान सरकारले तोर्खाम र चमन सीमानामा रहेका गैरकानुनी अफगानीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रियामा सक्रियताका साथ सहयोग गरिरहेको छ। कार्यवाहक आन्तरिक मन्त्री सरफराज अहमद बुग्तीले सिनेटलाई सम्बोधन गर्दै, स्वदेश फिर्ता प्रक्रियामा मानवीय दृष्टिकोणको महत्त्वमा जोड दिए।

प्रतिक्रिया दिनुहोस