‘नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन् किन ?’

कामठाडौं । अभिनेत्री बर्षा शिवाकोटीले बलात्कारीलाई सरकार र राजनितिक दलले न्यान दिलाउन नसकेको भन्दै आक्रोश पोखेकी छन् ।उनले सामाजिक सञ्जालमा बलात्कृतपछि हत्या गरिएका निर्मला पन्त र भागिरथ भट्टले न्याय नपाएको भन्दै आक्रोश पोखेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन,‘तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरी अर्की बहिनी बलत्कृत हुन्न थिइन् कि? तिम्रो आन्दोलनको नारा यदी बलात्कार र बलात्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि? हामी केका लागि लड्दै छौँ ? हाम्रो माग के हुनपर्ने हो ? नारा के हुनपर्ने हो ? आफै विचार गरौँ।’

उनले लेखेकी छन्,–नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्। निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कम्जोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधिको पहिचन गरि, सजाय दिन नसक्ने ? के गरीबका लागि न्याय त्यति महँगो भइसक्यो ?’

नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्। निर्मला र सम्झनाजस्तै भागरथी ले पनि न्याय पाउँदिनन्…

Posted by Barsha Siwakoti on Tuesday, 9 February 2021

प्रतिक्रिया दिनुहोस