आज भएको त्रिकोणात्मक ट्वान्टी–२० मा नेपालद्वारा मलेशिया ६९ रनले पराजित

गोर्खाली खवर,

एजेन्सी, ९ वैशाख । त्रिवि मैदानमा आज भएको अन्तराष्ट्रिय त्रिकोणात्मक ट्वान्टि–२० खेलमा नेपालले मलेशियालाई ६९ रनले पराजित गरेको छ । टस जिते पछि मलेशियाले नेपाललाई व्याटिङ्ग गर्ने निम्तो दिएकोमा नेपालले ७ विकेट गुमाई २ सय १७ रन वनाएको थियो ।

जवाफमा आएको मलेशियाले १ सय ४८ रन १९.१ ओभरमा वनाएको थियो । नेपालले यस अघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित वनाई सकेको छ । २ खेल जित र १ खेल वरावारीको साथ यसअघि नै नेदरल्याण्ड पनि फाईनलमा पुगेको छ । नेपालले शनिवार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

आज त्रि. वि. को खेल मैदानमा भएको खेलमा नेपालवाट सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले ३–३ विकेट लिएका थिए । सन्दिपले ४ ओभरमा ४२ रन दिएका थिए ।

ट्वान्टि–२० मा डेव्यु गरिरहेका कमलले ३.१ ओभरमा १६ रन खर्चेका थिए । नेपालवाट करण केसीले १३ वलमा ७ छक्का प्रहार गरी ४५ रन वनाए । आजको खेलमा लगातार अर्धशतक वनाएका कुशल भुर्तेल १६ रनमा आउट भएका थिए । आसिफ शेख र कप्तान ज्ञानेन्द्र मल्ल क्रमश ४२ र ४१ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस