पाकिस्तानको काराकोरम इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीद्वारा चर्को शुल्क वृद्धिको विरोध

लाहोर— पाकिस्तानको गिलगिट स्थित काराकोरम इन्टरनेशनल युनिभर्सिटीमा भएको अवास्तविक शुल्क वृद्धिको विरोधमा विद्यार्थी र उनीहरूका अभिभावकहरूले विरोध प्रदर्शन गरेका छन्।

विश्वविद्यालयको शिक्षण शुल्कमा १३४ देखि १ सय ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् ।

हजारौं विद्यार्थीहरूसँग ऐक्यबद्धतामा उभिएका एक अभिभावकले भने, “पूरै क्षेत्र मुद्रास्फीतिले पिचिएको छ। गरिब वर्ग महँगो भाउमा परेका छन् । मूल्यमा दुई गुणा वृद्धि भएको छ। यहाँका विद्यार्थी र जनता दोहोरो मारमा परेका छन् । यस्तो अवस्थामा १३४ देखि १५० प्रतिशतसम्म शुल्क वृद्धि गर्नु भनेको विद्यार्थी र उनीहरूका अभिभावकलाई कुचल्ने र विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्ने घोर प्रयास हो ।”

प्रतिक्रिया दिनुहोस